जेठ १२ गते , सलमान खान नेपाल आउने

जेठ १२   गते  , सलमान खान  नेपाल आउने

जेठ १२ गते , सलमान खान नेपाल आउने

गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख जेठ १२ मा सलमानको दबङ टूर नामक काठमाडौंमा हुने सो कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ । सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत पत्रमा उल्लेख छ ।


काठमाडौंको टुँडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक सो कार्यक्रम विप्लव समूहको धम्कीलाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो । कालो हरिण शिकार अभियोगमा सलमान धरौटीमा रिहा भएलगत्तै उनको कार्यक्रम तय भएको छ । गत बिहीबार अभिनेता खानलाई जोधपुर अदालतले १० हजार जरिवानासहित ५ वर्ष जेल सजाय सुनाएको थियो । शनिबार उनी २५ हजार धरौटीमा रिहा भएका थिए ।
 

Share: