आइजीपी खनालको पहिलो काँसन- लोभ, लालचमा पर्ने कसैलाई पनि छाड्दैन्

आइजीपी खनालको पहिलो काँसन- लोभ, लालचमा पर्ने कसैलाई पनि छाड्दैन्

आइजीपी खनालको पहिलो काँसन- लोभ, लालचमा पर्ने कसैलाई पनि छाड्दैन्

काठमाडौं, वैशाख २ । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् अधिकारीलाई ब्रिफिङ गर्दै खनालले इमानदारीपूर्व जनताको सेवामा खटिन निर्देशन दिदै लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए ।

आइतबार प्रहरी क्लब, प्रदर्शनीमार्गमा भएको ब्रिफिङमा आइजीपी खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’

उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमानदारी देखाउनु पर्ने बताए ।

Source:

http://www.everestdainik.com/2018/04/174605/

 

Share: