पपस्टार हिमाल सागरको अमेरिकामा धमाका - ओमाहामा कन्सर्ट सम्पन्न

पपस्टार हिमाल सागरको अमेरिकामा धमाका - ओमाहामा कन्सर्ट सम्पन्न

पपस्टार हिमाल सागरको अमेरिकामा धमाका - ओमाहामा कन्सर्ट सम्पन्न

पपस्टार हिमाल सागरको अमेरिकामा धमाका

ओमाहामा कन्सर्ट सम्पन्न

१२ वैशाख, ओमाहा

नेब्रास्का नेप्लीज समाज नेब्रास्का अमेरिकाले आयोजना गरेको नया वर्ष शुभकामना साँझ एवं हिमाल सागर लाइभ कन्सर्ट ओमाहामा सम्पन्न भएको कन्सर्टका लागि नेपालबाट सिधै ओमाहा आउनुभएका  गाएक हिमाल सागरले बषौँ पछिको यहाँका संगित पारखीहरुको मन खुसी बनाउनुभएको प्रस्तोता अमर थापाले जब हिमाल सागरलाई स्टेजमा बोलाउनुभयो तव दर्शकको गडगडाहा तालीले हल नै गुन्जीएको थियो भद्र मुद्रामा स्टेज पुगेका हिमालले भन्ने गर्थेउ तिमि बिना म……. बोलको गीत सुरु गरेपश्चात माह्वोल बेग्लै तरिकाले अगाडि बढ्यो विस्तारै दर्शकको चाप स्टेजतर्फ बढ्न थाल्यो विस्तारै विस्तारै दर्शक हिमालका गितहरुमा सँगै झुम्न थाले जब  ‘तिन ढिक्के फुली लाएर आइछौ, शिरबन्दि लाउदा झन् के होला…. को ट्रयाक मात्र के बज्न सुरु गरेको थियो सिंगो दर्शकदीर्घा जुरुक्कै उठ्यो करिब साढे एक घन्टाको प्रस्तुतीमा गाएक हिमालले तिम्रो चोलीको तुनामा, माया कहिले मुस्कुराउने, पर्खि बसे, मैले लेखे, तिमी अचेल लगाएतका दर्जनौ गीतहरुमार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नुभएको थियो गाएक हिमालको अमेरिका बसाइमा यहाँका विभिन्न शहरहरुमा कार्यक्रमहरु तय भैरहेको सोसाइटीले जनाएको
 

यसैवीच, कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सोसाइटीका अध्यक्ष राज आचार्यले सबैको साथ पाए सोसाइटीले सुरु गरेको भवन निर्माण अभियान  वर्षे कार्यकालमा नै सम्पन्न गर्ने बताउनुभयो त्यस्तै कार्यक्रममा बोल्दै कम्युनिटि सेन्टर प्रोजेक्ट कमिटिका सदस्य इश्वर ढकालले अभियान सफल हुने आधारहरु प्रस्ट पार्दै आफु आफ्नो कमिटि त्यसको लागि खट्ने बताउनुभयो कार्यक्रममा हेल्थ क्लिनिक संचालन समिति संयोजक डाक्टर सोनिया आचार्य र रक्तदान कार्यक्रम संयोजक राजीव सापकोटाले त्यससम्बन्धि भैरहेका प्रक्रियको बारे जानकारी दिनुभएको थियो यसैगरि कार्यक्रममा आइटि अफिसर राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रहेको राज आचार्य, अनुप निरौला सुनिल आचार्य लगायतको वेभसाइट निर्माण समितिले तयार गरेको नयाँ वेवसाइट सार्वजनिक गरिएको सो अवसरमा बोल्दै संयोजक राजेन्द्र श्रेष्ठले संस्था संचालनका लागि वेभसाइटको ठुलो भुमिका रहेकोले त्यसअनुरुप छोटो समयमा नै महत्वपुर्ण फिचरहरु सहित वेभसाइट निर्माण गरिएको बताउनुभयो साथै उहाँले सल्लाह सुझावको लागि अनुरोध समेत गर्नुभएको
 

यसैवीच यसअघि सोसाइटीले सम्पन्न गरेको नृत्य प्रतियोगिताबाट विजयी समुहहरुबाट नृत्य प्रस्तुत गरिएको थियो   नृत्य प्रस्तुत गरि विजयी हुने कलाकारहरुमा सुधा पौडेल, सुस्मिता पुरि, अमिसा सुवेदी, कृतिका कँडेल, सविना पुरि सम्वृद्धि पौडेल रहेका छन् यसैगरि कार्यक्रममा शुस्मा राईको एकल नृत्य प्रस्तुत गरिएको थियो भने निया आचार्यले एकल गित प्रस्तुत गर्नुभएको थियो   
 

कार्यक्रममा अध्यक्ष आचार्यले प्रत्येक महिना उत्कृष्ट काम गरेका सदस्यहरुलाई मेम्बर अफ मन्थद्धारा सम्मान गर्नुभएको थियो सम्मानित हुनेहरुमा उपाध्यक्ष कृष्ण कँडेल, आइटि अफिसर राजेन्द्र श्रेष्ठ, सचिव धिरेन्द्र न्यौपाने, सहसचिव जेनिथ शर्मा कार्यक्रम संयोजक अमर थापा, आइटी बोर्ड मेम्बर अनुप निरौला र सुरेन्द्र आचार्य रहनुभएको
 

कार्यक्रम सम्पन्न गर्न सघाउने टिकट, व्यानर तथा पोष्टर छपाइ स्पोन्सर गर्ने सोसाइटीका संचालक सदस्य  तथा समाजसेवी अनि रुद्र श्रेष्ठ, रकम सहायता गर्ने स्टेट फार्म इन्स्युरेन्स कम्पनि, एसियन मार्केट, सेलीब्रटी हाउसका डन इगल र एक्याडेमिक मोर्गेजका एमि प्रियुसेल  लगायतलाई धन्यवाद ज्ञापन तथा सम्मान पत्र प्रदान गरिने बोर्डले जनाएको सो कार्यक्रमको संचालन सचिव धिरेन्द्र न्यौपाने कार्यक्रम संयोजक अमर थापाले गर्नुभएको थियो

 

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.