देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रम ओली

देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रम ओली

देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रम ओली

काठमाण्डौ,२५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताए ।

सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ प्रधानमन्त्री ओलीले भने ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’ सामाजिक विद्वेश भड्काउने, घृणाको खेती गर्ने, देशमा द्वन्द्व मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

नेपाल कसैको खेलमैदान होइन प्रधानमन्त्री ओलीले भने ‘अब यहाँ सद्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’ प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउँदै जनमतको कदर गर्न आफू सचेत रहेको बताए ।

ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिनको अन्त्य हुनेछ ।’

Share: