त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गरिने

त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गरिने

त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गरिने

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् । मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।
विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाइ छ । नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने धारणा राखे ।
विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने जानकारी दिए । उनले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने बताए । 
पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए ।
अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने धारणा राखे । उनले संस्कृति, पर्यटन र हवाईसम्बन्धी तीनवटा छुट्टाछुट्टै विज्ञ समुह बनाउने तयारी भइरहेको बताए ।

Source:
हिमालपारी मिडिया
https://www.himalpari.com/index.php/2018/3449

Share: