महोत्तरीको सीतापुरमा २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार,चार युवा पक्राउ

महोत्तरीको सीतापुरमा २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार,चार युवा पक्राउ

महोत्तरीको सीतापुरमा २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार,चार युवा पक्राउ

काठमाडौ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीतापुर, भंगहा वडा नम्बर–६ बस्ने १९ वर्षीय सुभाष विक, सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राय थारु, वर्ष २२ कै प्रदीपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

गत सोमबार राति साढे ९ बजेतिर घरबाट बाहिर पिसाब फेर्न निस्किएकी २२ वर्षीया युवतीलाई लुकेर बसेका ती युवाहरुले सोही ठाउँको एक खेतमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

घर गएर ती युवतीले आमा–बुवालाई भनेपछि सोको भोलिपल्ट नै प्रहरीमा गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार, फाल्गुन २५, २०७४ मा प्रकाशित

Share: